पंचदेवलका यस्ता त जनप्रतिनिधि कसरी हुन्छ विकास ?

| 2020 Aug 17 | 07:27 pm 7078

अछाम, भदौ १ः निर्वाचनको बेला खानेपानी, बाटो र अस्पताल बनाइदिने आश्वासन बाँडेर मेयर र वडा अध्यक्ष बनेका पंचदेवल विनायक नगरपालिकाका मेयर देबराज देबकोटा र वडा नम्बर ६ का अध्यक्ष पूर्णबहादुर रावलले वडा नम्बर ३ र ५ का जनतालाई पीउने पानीबाट बञ्चित गराएर घृणित कार्य गरेका छन् ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार वडा नम्बर ६ बाट ल्याउनका लागि पानीको मुहान हेरेका जनतालाई पीउने पानीबाट बञ्चित गराएर मेयर र ६ नम्बर वडाका अध्यक्षले अवका कुनै निर्वाचनमा राजनीतिबाट बाहिरीने काम गरेका छन् ।

यि दुईको विकास विरोधी र झण्डै एक हजार भन्दा माथि घरधुरीले पीउने पानी नदिएर त्यहाँ भएको कांग्रेसको किल्ला भत्काउने कार्य गरेका छन् ।

कांग्रेसबाटै उपमेयर बनेकी अम्बिका चलाउनेले भने मुल कसैको पेवा नहुने भन्दै सबै जनतालाई पीउने पानी उपलब्ध गराइदिनुपर्ने आवाज उठाउँदै आएकी छिन् ।

गत वर्ष काम गर्न नदिएर बजेट फ्रिज भएको र यस पटक अर्को मुहानको डिपीआर तयार गरेर सुरु भएको निर्माण कार्यलाई वडा अध्यक्ष पूर्णबहादुर रावलले गुण्डागर्दी शैलीमा भत्काइदिएका छन् ।

उनको यो विकास विरोधी कामलाई हेर्दा उनी जनताका प्रतिनिधि नभएर गुण्डाका नाइके त होइनन् भन्ने प्रश्न स्थानीयले उठाएका छन् ।

जामुने खानेपानीलाई अवरोध गरी भत्काउने वडा अध्यक्षलाई कारबाहीको माग गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.