न्युजिल्याण्ड पठाइदिने भनी ६३ लाख ठगी गरेको अभियोगमा महिला पक्राउ

| 2022 Jul 06 | 06:44 pm 2193

काठमाडौं, असार २२ः न्युजिल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा एक जना महिला पक्राउ परेकी छन्  ।

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-३ घुम्ती बस्ने नुवाकोट बिदुर नगरपालिका-७ घर भएकी दिया भन्ने २७ वर्षीया शोभा पौडेल रहेकी छन् ।

शोभाले न्युजिल्याण्डको प्रतिष्ठित कृषि कम्पनीमा फ्रुट किपिङको काममा लगाइदिन्छु मासिक १ लाख ७० हजार रूपैयाँसम्म तलब हुन्छ र त्यसका लागि प्रतिव्यक्ति १२ लाख ५० हजार रूपैयाँ लाग्छ भनि प्रलोभनमा पारी ९ जना पीडितहरूबाट ६३ लाख २० हजार रूपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई बुढानिलकण्ठ नगरपालिका कपन निलोपुलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाईएको उक्त कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.