न्यायमुर्तिले जनताको पक्षमा फैसला गरेको प्रचण्डको भनाइ

| 2021 Feb 23 | 06:41 pm 1825

काठमाडौं फागुन ११: नेकपा प्रचण्ड -नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेकोमा जनताको जित भएको प्रतिक्रिया दिएका छन।

सर्वोच्चको संवैधानिक इजलासले आज फैसला सुनाउँदै १३ दिनभित्र संसदको बैठक बोलाउन आदेश गरेको केहि समय पछि अध्यक्ष दाहालले उक्त्त प्रतिक्रिया दिएका हुन।
संवैधानिक इजलासको फैसलामा ‘प्रधानमन्त्रीको सिफारिसमा पुस ५ गते राष्ट्रपतिद्वारा स्वीकृत भइ जारी गरिएको निर्णय असंवैधानिक भएकोले संवैधानिक र कानुनी रूपमा शून्य हुने गरी बदर गरिएको जनाइएको छ।

सर्वोच्चको फैसला पछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसला जनताको पक्षमा आएको बताउदै अदालतको फैसलाले नेपाली जनताको जित भएको बताए । ‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, प्रचण्डले भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.