मकवनपुर, साउन २४ : हेटौँडा उपमहानगरपालिकाको अगुवाईमा ‘नो पार्किङ’ को विरोधमा हेटौँडा बजार बन्द गरिएको छ। बिहीबार मकवानपुर उद्योग बाणिज्य संघको नेतृत्वमा बजार बन्द गरिएको हो।
राप्तिरोडमा मात्रै नो पार्किङ लागु गर्दा आफुहरु मारमा परेको त्यस क्षेत्रका व्यवसायीहरुले गरेपनि संघले बन्दको आव्हान गरेको छ। उनीहरुले मकवानपुर उद्योग बाणिज्य संघबाट र्यालीसहित बजार परिक्रमा समेत गरेका थिए। मकवानपुर उद्योग बाणिज्य संघ, हेटौँडा उपमहानगरपालिका र प्रहरीबीच भएको छलफलमा नो पार्किङबारे सहमति जुटेको भनेपनि राप्तिरोडका व्यापारीले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले बजारका सबै क्षेत्रमा नो पार्किङ गर्नुपर्ने नभए राप्तिरोडमा पनि पार्किङ गर्न पाउनुपर्ने माग राखेका छन्।
ट्राफिक प्रहरीले अहिले वन विज्ञान अध्ययन संस्थानदेखि चौकीटोल र बुद्धचोकदेखि राप्तिरोडसम्म नो पार्किङ क्षेत्र घोषणा गरेको छ।