नेविसंघले सिनामंगलमा प्रधानमन्त्रीको पुत्ला दहन

रिपोर्ट नेपाल | 2019 Feb 03 | 09:09 pm 1979

काठमाडौं, माघ २० : आइतबार बेलुका नेपाल विद्यार्थी संघले सिनामंगलमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ। नेविसंघ नोबेल कलेज इकाई अध्यक्ष सुशील कुवर नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकारविरुद्ध नारा जुलुस गर्नुका साथै सरकार अधिनायक बन्दै गएको भन्दै नेविसंघले पुत्ला दहन गरेको जनाए । सरकारको गलत क्रियाकलाप प्रति कांग्रेसका भातृसंस्थाहरुले निरन्तर दबाब दिइरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.