नेविसंघले खोल्यो त्रिवि सेवा आयोगमा लगाएको ताला

| 2022 Aug 07 | 11:25 am 1609

काठमाडौँ साउन २२ : विभिन्न माग राख्दै नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयमा लगाएको ताला आइतबार बिहान नेविसंघले सबै आन्दोलनको कार्यक्रम फिर्ता लिई खोलेको छ ।

परीक्षा स्थगन भई सेवा आयोग अध्यक्षको पदनै रिक्त भएकाले पदपूर्ति नहुन्जेल सम्मको लागि सम्पूर्ण आन्दोलन फिर्ता गरी सेवा आयोगको कार्यालयमा गरिएको तालाबन्दी तत्काललाई खोलिएको नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिले जनाएको छ ।

बदनियतका साथ त्रिवि सेवा आयोग अध्यक्षले आफ्नो पदावधि सकिने दिनमा अमुख राजनितिक पार्टीका कार्यकर्ता भर्ना गर्न खोजेको भन्दै नेविसंघले ताला लगाएपछि अर्न्तवार्ताको परीक्षा स्थगित भएको थियो ।

नेविसंघ त्रिवि समितिले हालै सेवा आयोग अध्यक्षको पदावधी सकिएका प्रा. डा. लालु प्रसाद पौडेलले आफ्नो पदावधी सकिने दिनमा अर्न्तवार्ताको नाटक मञ्चन गरी व्यक्तिगत तथा केही अमुख राजनितिक पार्टीका कार्यकर्ता सेवा आयोग मार्फत भर्ति गरी आफ्नो अभिष्ट पुरा गर्ने कु(कार्य नेविसंघको आन्दोलनका कारण स्थगन भएको दावी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.