काठमाडौं, मंसिर १३ : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै नेपाल विद्यार्थी संघले माइतिघर मण्डलामा प्रदर्शन गरेका छन् । प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा रहेका नेविसंघका पाँच जनालाई पक्राउ गरेको नेविसंघका सहमहामन्त्री प्रेम राज जोशीले जानकारी दिए।
पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य रघु कार्की, नेविसंघका नेता लक्ष्मी दाहाल र अन्य तीन जनाको नाम खुल्न नसकेको उनले जानकारी दिए। शान्तिपूर्ण र्यालीमा प्रहरी हस्तक्षेप हुनु निन्दनीय रहेको बताउँदै उनले तत्काल आफ्ना कार्यकर्ता रिहाइको माग गरेका छन्।