नेविसंघको कार्यकाल थपीयो

| 2018 Aug 18 | 08:21 pm 2962

काठमाडौँ, भदौ २: नेपाली कांग्रेस निकटको भातृ संस्था नेपाल विद्यार्थी संघको कार्यकाल तीन महिनाको लागि थपिएको छ ।

नेपाली कांग्रेसले नेविसंघको महाधिवेशनलाई सहजीकरण गर्न निर्माण गरेको समितिले तीन महिना थप गर्ने व्यवस्था गरेको हो । नेविसंघको विधानमा कार्यकाल सकिएपछि विशेष परिस्थितिमा तीन महिना थप गर्न सकिने उल्लेख रहेको छ ।

विसं २०७३ भदौ ३ गतेको निर्वाचनबाट अध्यक्ष निर्वाचित हुनुभएका नैनसिंह महर नेतृत्वको कार्यकाल आज भदौ २ गते सकिएको छ । पार्टीको निर्देशन समितिले १२औँ अधिवेशन गराउन भन्दै कार्यकाल थप गरेको हो ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गरी नेविसंघको १२औँ महाधिवेशन सम्पन्न गर्न तीन महिनाको समयावधि थप गरिएको जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.