डोटी, जेठ २६ः नेविसंघ डोटीका नेता दिपेन्द्र सिंहको पहलमा बडिकेदार गाउँपालिकालाई बिभिन्न सामाग्री सहयोग गरिएको छ । देश तथा बिदेशमा रहेका युवाको सहयोगमा बडिकेदार गाउँपालिकालाई सामाग्री सहयोग गरिएको नेता सिंहले बताए ।
गाउँपालिकालाई १ सय ५० वटा कम्मल, १ रोल पिफम ५० मिटर हस्तान्तरण गरिएको उनले बताए । उनका अनुसार नेपाली कांग्रेस डोटीका सभापति प्रदिप देउवाद्वारा गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दलाई सामग्री हस्तान्तरण गरिएको छ ।
विपतको समयमा गाँउपालिकालाई सहयोग गरेकामा चन्दले खुशी व्यक्त गरे । सहयोग कार्यक्रममा लक्ष्मण सिंह, नारायण जोशी गाउँपाल अधिकारी, बोगटान गाउँपालिकाका अध्यक्ष, नेपाली कांग्रेसका नेता सुशील घर्ती, ललित बलायर, नेविसंघका नेता गणेश शाहीलगायतको सहभागीता रहेको थियो।
यसअघि पनि सिंहको पहलमा डोटीका बिभिन्न स्थानीय तहमा खाद्यान्न वितरण, क्वारेन्टाइनमा बसेकालाई किताव बितरण गरिएको थियो ।