नेवानिले भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान गर्ने

रिपोर्ट नेपाल | 2023 Apr 16 | 07:49 am 1021

काठमाडौँ, वैशाख ३ः नेपाल वायुसेवा निगमले आगामी जेठ दोस्रो सातादेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुर उडान गर्ने भएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट नयाँ दिल्ली र क्वालालम्पुरमा नियमित उडानको तयारी गर्न कार्यदल गठन गरिएको छ । जेठ दोस्रो साता (मे अन्तिम)बाट कम्तीमा दुई गन्तव्यमा उडान सुरु गरिने उनले बताए । उनका अनुसार दुई देश र इनरुट पर्ने देशमा आवश्यक अनुमतिका लागि निगमले निवेदन दिइसकेको छ । सातामा कम्तीमा एक उडान हुने गरी प्रक्रिया अगाडि बढेको छ ।

आवश्यक उडान अनुमति, जनशक्ति, प्राविधिक तयारी, बजारीकरणलगायत काममा तीव्रता दिन वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डेको नेतृत्वमा विशेष कार्यदल गठन गरिएको उनले बताए । आवश्यक उडान अनुमतिका लागि मलेसिया र भारत एवं हवाई मार्गमा पर्ने सम्बन्धित देशहरूमा समन्वयको कार्य अगाडि बढाइसकिएको र अनुमति प्राप्त हुनासाथ टिकट बुकिङ खुला गरिनेछ ।

हाल साताको एक उडानबाट सुरु गरी बजार मागअनुसार उडान बढाउँदै लगिने योजना रहेको प्रवक्ता पौडेलले बताए । गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.