नेवाः खलः कास्कीको अध्यक्षमा पुनः पालिखे

रिपोर्ट नेपाल | 2023 Aug 13 | 08:11 am 1581

पोखरा, साउन २८  । नेवाः खलः कास्कीको अध्यक्षमा पुनः अशोक पालिखे सर्वसम्मत चयन भएका छन ।

शनिवार पोखरामा आयोजना गरिएको अधिवेशनबाट पालिखे सहित पदाधिकारी, सल्लाहाकार तथा आमन्त्रित सदस्यहरु मनोनित गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा तीर्थ श्रेष्ठ, उपाध्यक्षमा प्रकाशलाल श्रेष्ठ, महासचिवमा श्रीकृष्ण कतिला, उपमहासचिवमा भैरवलाल श्रेष्ठ र कोषाध्यक्षमा चन्द्र बहादुर राजभण्डारी चयन भएका छन ।

साधारण सभा तथा अधिबेशन कार्यक्रमको उद्घाटन गर्दै उच्च अदालत पोखराका कामु न्यायाधिश रमेशराज भण्डारीले आफ्नो कला, संस्कृति र भाषाको लागि निरन्तर लागिरहनु पर्ने बताए । उनले आफ्नो भाषा, संस्कृति, रितिरिवाज, चालचलन नै हराए पहिचान नै हराउने भएकोले यसको रक्षाका लागि समुदाय सचेत रहनु पर्ने र यो राष्ट्रिय सम्पति भएकोले यसलाई जोगाउनु सबैको कर्तव्य भएको समेत उल्लेख गरे ।

कार्यक्रममा महासचिव सुरेन्द्र श्रेष्ठ तथा कोषाध्यक्ष चन्द्र बहादुर राजभण्डारीले प्रस्तुत गरेको प्रतिवेदन पारित गरिएको थियो । निवाचित पालिखेले पञ्चाङग निणार्यक समितिमा सवै व्राहमण हुदा नेवार समुदायको चार्डपर्वहरु तलमाथी परेको बताए । त्यसको सुधारको लागी पहल गर्ने प्रतिवद्धता जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.