नेम्वाङको निधनप्रति काँग्रेस सभापति देउवाद्वारा शोक व्यक्त

| 2023 Sep 12 | 07:10 am 1709

काठमाडौँ,भदौ २६।

पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

आज बिहान सामाजिक सञ्जालमा लेख्दै सभापति देउवाले संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन् ।

‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छु। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’ उनले आफ्नो स्टाटसमा लेखेका छन्।

(नागरिकबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.