काठमाडाैं, माघ १४ः नेपाली सेनाको सामाजिक-आर्थिक विकासका पुर्वाधार निर्माण कार्यक्रम अन्तरगत सैनिक नागरिक
सम्बन्धलाई थप प्रभावकारी बनाउने क्रममा श्री बटुकदल गणद्वारा चितवन जिल्लाको भरतपुर महानगरपालिका-२२, घटगाई ईलाकामा निर्माण गरिएको २०x५० फिटको Multipurpose Hall श्री मध्य पृतना हे.क्वा.का पृतनापति उपरथी ताराध्वज पाण्डेले साेमबार भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाललाई हस्तान्तरण गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, जनप्रतिनिधिहरु एवं स्थानीय सर्बसाधारण गरी करिव १०० जनाको उपस्थिती रहेको उक्त कार्यक्रममा महानगरपालिकाका मेयर दाहालले प्राकृतिक जोखिममा रहेका बोटे समुदायहरुलाई उद्धार गरी सुरक्षित स्थानमा राख्न मद्दत पुग्ने साथै अन्य सामाजिक एवं सामुहिक कार्यक्रमहरुको लागि समेत हल उपयोगी हुने बताउँदै उक्त कार्यको प्रशंसा गरेका थिए ।

उक्त निर्माणबाट करिब ६८ घरपरिवार लाभान्वित हुने अपेक्षा गरिएको छ । नेपाली सेना सिमित साधन स्रोतको बाबजुद स्थानीय जनताको आवश्यकता पुरा गर्न सदैव प्रयत्नशिल रहेको छ ।