नेपाली सेनाद्वारा विद्युत्‌को प्रसारण लाइनमा झुण्डिएका व्यक्तिको उद्धार

| 2022 Jun 11 | 10:09 pm 1633

काठमाडाैं, जेठ २८ः शनिबार करिब ११ बजेबाट नुवाकोट जिल्लाको ककनी गाउँपालिकास्थित त्रिशुली-३ ए को प्रसारण लाइनमा चढेका व्यक्तिलाई करिब ८ घण्टापछि नेपाली सेनाको श्री विशेष फौज बाहिनीबाट खट्टिएको ४ जनाको CQRT (Composite Quick Reaction Team) ले सकुशल उद्धार गरेको छ ।

उक्त व्यक्तिको उद्धारको निमित्त नेपाली सेनाको हेलिकप्टर (NA-045 Ecureuil) गौचरस्थित श्री मध्य एयर वेशबाट  Take Off भई घट्नास्थलमा पुगी, तारमा चढी झुण्डिएको अवस्थामा रहेको व्यक्तिलाई नेपाली सेनाको उद्धार टोलीले विशेष उद्धार कला र ईक्युप्मेण्टको प्रयोग गरी प्रसारण लाईनबाट उद्धार गरी जिल्ला प्रहरी कार्यालय, नुवाकोटलाई बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.