नेपाली सेनाद्वारा लमजुङ्गमा वृहत वृक्षारोपण

रिपोर्ट नेपाल | 2021 Jan 28 | 08:31 pm 1981

काठमाडाैं, माघ १५ः प्रधान सेनापति कमाण्ड मार्ग निर्देशन–२०७५ मा निर्दिष्ट लक्ष्य अनुरुप  गो ग्रीन (Go Green) अभियान अन्तर्गत लमजुङ जिल्लामा तैनाथ श्रीजंग गणको आयोजनामा बिहीबार बेसीशहर नगरपालिका भित्रका विभिन्न सार्वजनिक स्थानहरुमा प्रधान सेनापति पूर्णचन्द्र थापाले विभिन्न बहुपयोगी फलफूलका बिरुवा रोपी वृक्षारोपण कार्यको शुभारम्भ गरेका छन्।

No description available.

उक्त अवसरमा बेसीशहर नगरपालिकाका वडा नं. २, ३, ८ र ९ का सार्वजनिक स्थान र सामुदायिक वनहरुको करिब १३ दशमलव ५५ वर्ग किलोमिटर क्षेत्रफलमा १५ हजार ७ सय ५० विरुवा रोपिएको छ । उक्त वृक्षारोपणका दौरान एभोकाडो २ हजार २ सय ७५, ओखर २ हजार ३ सय ५०, टिमुरको बिरुवा २ हजार ५ सय, अम्बा १ हजार ३ सय ९५, रुख कटहर १ हजार १ सय, कागती ९ सय ९५, सितल चिनि (मरिंगा) ६ सय ४०, जामुन ४ सय, अमला २ सय, सुन्तला १ सय ५५, रुद्राक्ष ९०, मेवा २०, बेलपत्र २०, आँप १५, ड्रयागनफ्रुट ५, तेजपत्ता ३ हजार ५ सय ३५, रिठ्ठो ३०, शिरिष १५, पारिजात ५ र धुपीका ५ गरी जम्मा १५ प्रकारका फलफूल तथा ५ प्रकारका अन्य बिरुवाहरु रोपिएको थियो ।

No description available.

सोही अवसरमा बेसीशहर नगरपालिका गाउँशहर दरबार क्षेत्रका लागि १ सय ४०, लमजुङ माध्यमिक विद्यालयमा १ सय ६०, बेसीशहर मलामीचौर पार्क र करपुरेश्वर मन्दिरका लागि १ सय ५०, जिल्ला अस्पताल लमजुङलाई १ सय १०, पाखाथोकलाई १ हजार ५ सय, मध्य मर्स्याङदी जलविद्युत आयोजनालाई ३ सय २५ तथा स्थानीय ७ सय २० घरधुरीलाई ८ हजार ६ सय ५ बिरुवा समेत वितरण गरिएको थियो।

No description available.

त्यसै गरी श्रीस्वाँरास्थित प्रस्तावित व्यारेकमा ५ सय ८५, नेपाली सेना व्यवसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमा २ हजार ५ सय १० वटा गरी नेपाली सेनाको व्यारेक हाता भित्र मात्रै ३ हजार ९५ विरुवा रोपिएको छ। उक्त बृहत्वृ क्षारोपणको लागि धनकुटा, कोशी टप्पु, म्याग्दी र गोरखाको पालुङटारका नर्सरीहरुबाट बिरुवाहरु ल्याइएको थियो । यसरी गरिने बृक्षारोपणबाट प्रकृति संरक्षणमा थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

No description available.

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.