नेपाली कांग्रेस छत्रकोट ५ खर्ज्याङ्ग गुल्मीद्धारा स्वास्थ्य सामाग्री वितरण

रिपोर्ट नेपाल | 2020 May 31 | 10:00 am 4853

गुल्मी, जेठ १८ः नेपाली कांग्रेस छत्रकोट ५ गुल्मीले क्वारेन्टाईनमा रहेका ब्यक्तिहरुलाई बिभिन्न स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको छ । हाल भारतबाट आई क्वारेन्टाईनमा बसेकाहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्रीको चरम अभाव भइरहेको ब्यापक चर्चा भईरहेको अवस्थामा गुल्मी छत्रकोट ५ स्थायी घरभई हाल काठमाडौं लगायतका स्थानमा बस्ने नेपाली कांग्रेसमा आवद्ध ब्यक्तिहरुले उक्त सहयोग गरेका हुन् ।

सहयोग गर्नेहरुमा नेपाली कांग्रेस गुल्मी जिल्ला कार्य समितिका पूर्व कार्यवाहक सभापति, महासमिति सदस्य तथा नेपाली कांग्रेसका नेता रविराज ज्ञवाली र नेपाली कांग्रेस छत्रकोट ५ गाउँ कार्यसमितीका पूर्व सभापति एवं पूर्व क्षेत्रीय सदस्य तथा पूर्व गाविस उपाध्यक्ष नारायण प्रसाद अर्यालको नेत्रित्वमा आर्थिक संकलन गरएिको हो ।

स्वास्थ्य सामाग्रीहरु बितरण कार्यक्रममा नेपाली कांग्रेस छत्रकोट गाउँपालिका सभापति अनन्त पौडेलका, पूर्व गाविस अध्यक्ष तुलसीराम पन्त, नेपाली कांग्रेस छत्रकोट वडा नं.५ का पार्टी सचिव राम प्रसाद कडेल लगायत नेपाली कांग्रेस नेता कार्यकर्ताहरुको उत्साह जनक उपस्थिति रहेको थियो ।

गुल्मी छत्रकोट ५ खर्ज्याङ्ग मानकोट स्थाई निवासी हाल काठमाडौंमा बसोवास रहेका युवाहरु राम प्रसाद भण्डारी, मदन अर्याल, अर्जुन कुमार अर्याल, मोहन अर्याल, वोधराज कडेल, विक्रम ज्ञवाली, मनोज गौतम, गीता अर्याल (ज्ञवाली), प्रदिप कडेल, अनिल ज्ञवाली, दिवस गौतम, मधु पाण्डे, लक्ष्मण गौतम, अरुण ज्ञवाली लगायतले आर्थिक तथा जिन्सी सहयोग गरेका छन् ।

भारत लगायत अन्य मुलुकबाट आइ छत्रकोट गाउँपालिका ५ खर्ज्याङ्ग र मानकोटमा क्वारेन्टीनमा रहेका दाजूभाइ दिदीवहिनीहरुको स्वास्थ्यमा समस्या उत्पन्न हुन नदिनको लागि छत्रकोट गाउपालिका वडा नं. ५ मानकोट र खर्ज्याङ्गमा रहेका क्वारेन्टीनमा फ्रन्टलाइनमा रहेर काम गर्नु पर्ने छ ।

उक्त सामाग्री बवतरण विभिन्न संस्थाहरु, स्वास्थ्यचौकी, प्रहरीचौकीहरुमा छत्रकोट गाउपालिका वडा नं. ५ वडा अध्यक्ष कृष्ण पन्त, खर्ज्याङ्ग स्वास्थ्य चौकीका इन्चार्ज युवराज पाण्डे र स्वास्थ्यकर्मी भगवती ज्ञवाली , प्रहरीचौकीका सइ नर बहादुर खड्काको रोहवरमा विभिन्न स्वास्थ्य सामाग्रीहरु सजिकल माक्स, सेनिटाइजर, थर्मलगन, फिनेल, पिपिइ सेट, KN95 माक्स लगायतका स्वास्थ्य सामाग्रीहरु बितरण गरीएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.