नेपाली कांग्रेस छत्रकोट ५ खर्ज्याङ गुल्मीद्धारा स्वास्थ्य सम्वन्धी सचेतना सहित माक्स वितरण

रिपोर्ट नेपाल | 2020 Jun 10 | 09:13 pm 3936

  • अर्जुन कुमार अर्याल

गुल्मी, जेठ २८ः नेपाली कांग्रेस छत्रकोट ५ खर्ज्याङ गुल्मीले आफ्ना भातृ सस्थाहरु नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल विद्यार्थी संघको कृयाशिलता र सहभागितामा बिभिन्न स्वास्थ्य सम्वन्धी कार्यक्रम संचालन गरेको छ ।

उक्त कार्यक्रममा गुल्मी छत्रकोट ५ खर्ज्याङ मानकोट निवासी सम्पूर्ण बुवाआमा, दाजुभाइर्, दिदीबहीनीहरुको घर दैलोमा पुगेर माक्स बितरणका साथै यस विश्वब्यापी महामारी कोरोना भाइरस कोभिड १९ ले पारेको नकारात्मक प्रभाव र यसका जोखीमबाट बच्न अपनाउनु पर्ने सरसफाइ साथै यसका लागि अपनाउनु पर्ने सुरक्षासंगै हरेक ब्यक्ति ब्यक्ति बिचको निश्चित दुरीमा बस्नु पर्ने लगाएतका बिषयमा सचेतना कार्यक्रम सहित सम्पूर्णमा हतास नहुन नआत्तीन आग्रह र अनुरोध गरेको छ ।

स्वदेश वा परदेशका जुसुकै ठाउँमा रहेका दाजुभाइहरुका बारे चासो र सोधखोज गरेको छ ।

नेपाली कांग्रेस हरेक सुख दुःख, गाह्रो अप्ठ्यारोमा सम्पूर्ण जनता, दाजुभाई दिदीबहीनीहरुसंगै रहेको र हरेक समस्यामा संगैं रही साथ र सहयोग गर्न पछि नहट्ने कुरा अनुरोध गरेको छ ।

साथै जनताको घरआगनमा पुग्दा सम्पूर्ण बुवाआमा, दाजुभाइ, दिदीबहिनीहरुले हार्दिकता पूर्वक स्वागत गरी खुसी व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका शुभचिन्तक सर्मथक महानुभावहरु नेपाली कांग्रेस गुल्मी काठमाडौ सम्पर्क समिती अन्तरगतको बिपत ब्यवस्थापन समितिद्धारा मेडिकल माक्स प्राप्त भएको हो ।

गुल्मी छत्रकोट ५ खर्ज्याङ मानकोट स्थायी बसोबास भइ हाल काठमाडौ तथा देशका बिभिन्न ठाउमा बसोबास गर्ने युवाहरुको स्वस्फुर्तरुपमा सहयोग रहेको छत्रकोट ५ खर्ज्याङ नेपाल तरुण दलका अध्यक्ष मोहन घर्तीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.