नेपालले भारत ए लाई १६८ रनको लक्ष्य दियाे

| 2023 Jul 17 | 05:43 pm 1621

काठमाडौं, साउन १ – एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ए लाई १ सय ६८ रनको  लक्ष्य दिएको छ । टस जितेर व्याटिङ रोजेको नेपालले ३९ ओभर  २ बलमा १ सय ६७ रन बनाई अलआउट  भयो ।  खेल श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा भइरहेको छ ।

नेपालका लागि कप्तान रोहित पौडेलले ८५ बलमा ६५ रन बनाएर आउट भए । यस्तै गुलसन झाले ३८ रन बनाए । नेपालका अन्य ब्याटरले आजको खेलमा पनि राम्रो प्रदर्शन गर्न सकेनन् । कुशल भुर्तेल शून्य, आसिफ शेख ७, देव खनाल १५, भीम सार्की ४ र कुशल मल्ल शून्य, सोमपाल कामी १४, पवन सर्राफ ६ र ललित राजवंशी ३ रनमा आउट भए । यस्तै किशोर महतो २ रनमा नटआउट रहे ।

भारत ए का तर्फबाट बलिङ गरेका निशान्त सिन्धुले ४, आरएस हङ्गरगेकरले ३ र हर्षित रानाले २ विकेट लिए । आइपिएलमा खेल्ने खेलाडीहरुले भरिएकाे भारत ए सँग खेलेर नेपालले जित निकाल्न नसके पनि अनुभव लिएर आगामी खेलमा सुधार गर्ने अवसर मिल्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.