नेपालले आफ्नो पहिलो खेल किर्गिस्तानसँग प्रतिस्पर्धा गर्ने

रिपोर्ट नेपाल | 2019 Aug 19 | 07:57 am 1871

काठमाडौं, भदाै २: एभीसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा आज साेमबार नेपालले किर्गिस्तानसँग प्रतिस्पर्धा गर्ने भएकाे छ ।

लगनखेलस्थित आर्मी कभर्डहलमा सुरु हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो चार बजे सुरु हुने बताइएकाे छ ।

आफ्नो पहिलो खेलमा नै जित हात पार्दै नेपाल सेमिफाइनलमा पुग्ने लक्ष्यमा रहेकाे छ । समूह ए मा रहेको नेपालसँगै किर्गिस्तान र माल्दिभ्स छन् । समूह बीमा भने तुर्कमेनिस्तान, उब्जेकिस्तान, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

आज उदघाटन कार्यक्रम भने दिउँसो दुई बजे हुने भएकाे छ ।  बिहान १० बजे तुर्कमेनिस्तान र अफगानिस्तानबीचको खेल रहेको छ । आजै बेलुकी ६ बजे उब्जेकिस्तान र अफगानिस्तानबीच पनि खेल सम्पन्न हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.