नेपालको जनसंख्या तीन करोड नाघ्यो

रिपोर्ट नेपाल | 2020 Jun 26 | 03:31 pm 2921

काठमाडौं, असार १२ः नेपालको जनसङ्ख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीमा शुक्रबार मध्याह्न नेपालको जनसंख्या ३ करोड ६ सय ३४ जना देखाइएको छ ।

तथ्याङ्क विभागको पछिल्लो विवरण अनुसार नेपालको जनसङ्ख्या तीन करोड ६ सय ३४ पुगेको छ । २०६८ सालको जनगणना अनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ५४ हजार पाँच सय चार थियो ।

१२औँ राष्ट्रिय जनगणना २०७८ असारमा गर्ने सरकारको तयारी रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.