काठमाडौं, भदाै २१: आइतबार देशभर ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।
पछिल्लाे २४ घण्टामा देशभर रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित फेला परेका हुन् । याेसँगै हालसम्म नेपालमा संक्रमित हुनेहरूको कुल संख्या ४६ हजार २ सय ५७ पुगेको छ।