काठमाडौं, भदाै १२ः शुक्रबार नेपालमा थप ९ सय २७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्त डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशका बिभिन्न स्थानमा रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट ९ सय २७ नयाँ संक्रमित फेला परेका हुन् ।
याेसंगै नेपालमा संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।
काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च ४ सय १५ जना नयाँ संक्रमित थपिएका छन्।
जस अनुसार काठमाडौं जिल्लामा ३ सय ५० जना, भक्तपुरमा ५४ जना र ललितपुरमा ११ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।