नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २ सय ५८

रिपोर्ट नेपाल | 2020 May 15 | 09:08 am 1361

काठमाडाैं, जेठ २ः शुक्रबार बिहान नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान सार्वजिनक गरेको तथ्यांकमा थप नौ जनामा संक्रमण पुष्टि भएको जनाएकाे हो।

थपिएका ९ मध्ये राष्ट्रिय प्रयोगशाला काठमाडाैमा गरिएकाे परीक्षणमा मकवानपुरका ३७ वर्षीय पुरुष र भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ८ जना पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ। हालसम्म नेपालमा कोरोनाकाे संक्रमण २३ जिल्लामा फैलिएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.