नेपालमा थप ८ सय ५५ जनामा काेराेना संक्रमण

रिपोर्ट नेपाल | 2020 Aug 25 | 05:46 pm 1639

काठमाडौं, भदाै ९ः मंगलबार नेपालमा ८ सय ५५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्‍वर गौतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।

पछिल्लाे २४ घण्टामा देशभर रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् ।  याेसँगै नेपालमा संक्रमितको कुल संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

मंगलबार २७१ जना महिला र ५८४ जना पुरुष संक्रमित थपिएका हुन्।   आज देशभरबाट ३ सय १३ डिस्चार्ज भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.