नेपालमा थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित १५ हजार २ सय ५९

रिपोर्ट नेपाल | 2020 Jul 03 | 04:50 pm 2519

काठमाडौं, असार १९ः शुक्रबार नेपालमा थप ७ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत उक्त विवरणको जानकारी दिएको हो ।

मन्त्रालयको प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

हालसम्म कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल स‌ंख्या ६ हजार १ सय ४३ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.