काठमाडौं, पुस १ः नेपालमा थप ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित थप भएका हुन् ।
योसँगै हालसम्म देशभर कोरोना संक्रमितको सङ्ख्या दुई लाख ५० हजार ९ सय १६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८ सय ४७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ३९ हजार ४ सय १६ पुगेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ९१ जना संक्रमित थपिएका छन् ।