नेपालमा थप ६ सय ८१ जनामा कोरोना संक्रमण

रिपोर्ट नेपाल | 2020 Aug 19 | 05:28 pm 1884

काठमाडौं, भदौ ३ः बुधबार नेपालमा थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने मियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता प्राडा जागेश्‍वर गौतमले उक्त विवरणको जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर रहेको प्रयोगशालामा गरिएको परीक्षणमा ६ हजार ८१ जना नयाँ कोरोना संक्रमित फेला परेका हुन् ।

योसँगै देशमा कोरोना संक्रमणको कुल संख्या २८ हजार ९ सय ३८ पुगेको छ।

काठमाडौंमा १ सय ३४, भक्तपुरमा ८ र ललितपुर १७ गरी सय ५९ मा कोरोना पुष्टी भएको छ। त्यस्तै २४ घण्टामा १ सय २० जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यो सहित हालसम्म निको हुनेको संख्या १७ हजार ७ सय पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.