नेपालमा थप ६ सय ३४ जनामा काेराेना संक्रमण

रिपोर्ट नेपाल | 2020 Aug 22 | 04:42 pm 1759

काठमाडाैं, भदाै ६ः  शनिबार  नेपालमा थप ६ सय ३४ जनामा  कोरोना  पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।

पछिल्लाे २४ घण्टामा देशभर रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएका हुन् ।

याेसँगै नेपालमा संक्रमित हुनेकाे  कुल संख्या ३१ हजार १ सय १७ पुगेको छ ।

काठमाडाैं उपत्यकामा आज २ सय १६ संक्रमित भेटिएका छन्।  १ सय ३६ जना शनिबार डिस्चार्ज भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.