नेपालमा थप २ हजार ६ सय ३८ जनामा कोरोना पुष्टि

रिपोर्ट नेपाल | 2020 Oct 14 | 04:32 pm 2196

काठमाडौं, असोज २८ः नेपालमा बुधबार थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त विवरणको जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर रहेको बिभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएका हुन् । योसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.