नेपालमा थप १ हजार ३९ जनामा काेराेना पुष्टि

रिपोर्ट नेपाल | 2020 Sep 13 | 04:39 pm 2082

काठमाडौं, भदाै २८: आइतबार नेपालमा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले जानकारी दिएका हुन् ।

पछिल्लाे २४ घण्टामा देशकाे विभिन्न स्थानमा रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित फेला परेका हुन् । यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार ९१९ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा थप एक हजार १७३ जना कोरोना संक्रमण मुक्त भएका छन्।  कुल डिस्चार्ज हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.