नेपालमा थप १ हजार २ सय ४६ जनामा काेराेना संक्रमण

रिपोर्ट नेपाल | 2020 Sep 17 | 04:39 pm 2134

काठमाडौं, असाेज १: बिहीबार नेपालमा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् ।

पछिल्लाे २४ घण्टामा देशका विभिन्‍न स्थानमा रहेकाे प्रयोगशालामा गरिएको परीक्षणबाट नयाँ संक्रमित फेला परेका हुन् । याेसंंगै नेपालमा संक्रमित हुनेको कुल संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।

यस्तै गएकाे २४ घण्टामा थप १ हजार २ सय ४३  जना कोरोना संक्रमण मुक्त भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.