काठमाडौं, असाेज ३: शनिबार देशभर थप १ हजार २ सय चार जनामा संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।
पछिल्लाे २४ घण्टामा देशभर रहेकाे प्रयाेगशालामा गरिएकाे रीक्षणबाट नयाँ संक्रमित थपिएका हुन् । याेसंंगै नेपालमा संक्रमितको कुल संख्या ६२ हजार ७ सय ९७ पुगेको छ ।
शनिबार मात्रै १ हजार ४ सय ४७ संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म नेपालमा कोरोनाकै कारण मृत्यु हुनेको कुल संख्या ४ सय १ जना पुगेको छ।