नेपालमा थप १ हजार १ सय २० जनामा कोरोना संक्रमण

रिपोर्ट नेपाल | 2020 Sep 02 | 04:51 pm 2415

काठमाडौं : बुधबार नेपालमा थप १ हजार १ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्‍वर गौतम उक्त विवरणकाे जानकारी दिएका हुन् ।

पछिल्लाे २४ घण्टामा देशभर रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित फेला परेका हुन् । याेसँगै नेपालमा संक्रमितको संख्या ४१ हजार ६४९ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप १ हजार ११२ जना कोरोना संक्रमणमुक्त भएका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.