नेपालमा थप १ सय ४४ जनामा कोरोना पुष्टि

रिपोर्ट नेपाल | 2020 Jul 13 | 06:57 pm 1925

काठमाडौं, असार २९ः सोमबार नेपालमा थप १ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्‍न २५ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता प्राडा जागेश्‍वर गौतमले जानकारी दिएका हुन्।

योसँगै देशभर कुल संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ।

हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या १० हजार २ सय ९४ रहेको छ।

काठमाडौं उपत्यकामा सोमबार ९ जना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा ३ जना, ललितपुरमा ५ जना र भक्तपुरमा एकजना रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.