काठमाडौं, साउन ११ः आइतबार नेपालमा थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ३० जना नयाँ संक्रमित थपिएको हो ।
योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ६ सय १३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङ मार्फत मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उक्त विवरणको जानकारी दिएका हुन्।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७५ जना निको भएर डिस्चार्ज भएका छन् भने हालसम्म कुल १३ हजार १ सय २८ जना डिस्चार्ज भएका छन्।