नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

रिपोर्ट नेपाल | 2020 May 07 | 09:20 pm 1795

काठमाडौं, बैशाख २५ः बिहीबार नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।  स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु-८ निवासी १६ र २२ वर्षीय दुईजना पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो।

मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार दुवै संक्रमितको अवस्था सामान्य रहेको छ। यससँगै नेपालमा संक्रमितको संख्या १ सय १ जना पुगेकाे छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पुष्टि भएकाे हाे । कपिलवस्तुमा दुई संक्रमित भेटिएसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २६ पुगेको छ। कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् ।

यसअघि बाँकेको नेपालगञ्‍जमा २३ जना र रुपन्देहीमा एकजना कोरोना संक्रमित भेटिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.