नेपालबीच – चीन१२ बुँदे समझदारीमा हस्ताक्षर

| 2023 Sep 25 | 11:19 am 1761

काठमाडौँ ८ असोज । चीन नेपालबीच विभिन्न समझदारीमा हस्ताक्षर तथा समझदारी आदानप्रदान भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी लि छ्याङबीच भेटवार्ता सम्पन्न भएकाे छ ।

बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा स्थानीय समयअनुसार बिहान ११ बजे भएकाे उक्त भेटपछि चीन र नेपालबीच विभिन्न समझदारीमा हस्ताक्षर तथा समझदारी आदानप्रदान भएकाे छ ।

समझदारीअघि बीआरआईसम्बन्धी सम्झौता कार्यान्वयन, व्यापारिक सन्धि पुनरावलोकनका साथै ऊर्जा, कृषि, सूचना प्रविधिलगायतका विषयमा छलफल भएको थियाे ।

कृषि, पूर्वाधार, विद्युतलगायतका १२ वटा परियोजनामा हस्ताक्षर भएको बताइएकाे छ । १२ वटा सम्झौता र एउटा ‘लेटर अफ एक्सचेन्ज’ मा हस्ताक्षर भएको हाे ।

सम्झौताको औपचारिक जानकारी संयुक्त प्रेस विज्ञप्तिमार्फत गराइने सचिवालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.