नेपाल विद्यार्थी संघ गुल्मीको जिल्ला अधिवेशनको लागि प्रतिनिधि खटीए

रिपोर्ट नेपाल | 2019 Jan 01 | 01:54 pm 3143

  • रमेश विश्वकर्मा

गुल्मी, १७ पौष नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति गुल्मीले जिल्लाका सबै विद्यालय, क्याम्पस र स्थानीय तहमा नयाँ कार्य समिति गठन गर्ने निर्णय गरेको छ ।

सदरमुकाम तम्घासमा बसेको बैठकले यहि माघ ५ गतेसम्म जिल्लाका सबै विद्यालय, क्याम्पस र स्थानीय तहमा नयाँ कार्य समिति गठन गर्ने निर्णय गरेको नेविसंघ गुल्मीका कार्यवाहक सभापती झविन्द्र पाण्डेयले जानकारी दिए ।

नयाँ कार्य समिति गठन गर्न तत्कालै जिल्लाबाट गाउँ गाउँमा प्रतिनिधि खटाउने कार्यवाहक सभापति पाण्डेयले बताए ।
केन्द्रीय प्रतिनिधि शुवास कठायतले प्रतिनिधि पत्र वाचन गरेर नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेका छन्।

सहज वातावरणमा अधिवेशन सम्पन्‍न गर्न पार्टीको सहयोग रहने कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले बताए । नेपाल विद्यार्थी संघ गुल्मीले जिल्ला अधिवेशनको लागि स्थानीय तहमा प्रतिनिधि खटाएको छ । रेसुङ्गा नगरपालिकाको लागि नेविसंघ गुल्मीका कारर्यवाहक अध्यक्ष झविन्द्र पाण्डे लाई खटाएको छ ।

मुसिकोट नगरपालिकामा रामप्रसाद आचार्य, मालिका गाउँपालिकामा रमेश बुढा लाई प्रतिनिधि खटाएको नेविसंघ गुल्मीले जनाएको छ । चन्द्रकोट गाउँपालिकामा पुण्य सुवेदी , गुल्मीदरबार गाउँपालिकामा तोमलाल पन्थी, इस्मा गाउँपालिकामा बिष्णु प्रसाद आचार्य, रुरु गाउँपालिका ऋषि राना, छत्रकोट गाउँपालिका रामप्रसाद पन्थी, धुर्कोट गाउँपालिकामा कमल पोख्रेल र कालिगण्डकी गाउँपालिकामा सिजन राना, सत्यवती गाउँपालिकामा कमल भुषाललाई प्रतिनिधि खटाएको छ । मदाने गाउँपालिकामा पार्वती केसीलाई प्रतिनिधि खटाएको छ ।

बैठक नेविसंघ गुल्मीका कार्यवाहक सभापति झविन्द्र पाण्डेयको सभापतित्व रहेको बैठकको सन्चालन सह–सचीव बिष्णु प्रसाद आचार्यले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.