नेपाल र चीनबीच बहुप्रतिक्षित व्यापारका लागि ६ नाकामा पूर्वाधार विकास गर्न सांसदको माग

रिपोर्ट नेपाल | 2018 Sep 16 | 04:48 pm 1739

काठमाडौँ, भदौ ३१ : नेपाल र चीनबीच बहुप्रतिक्षित व्यापार तथा पारबहन प्रोटोकलमा सहमत भएपनि चीनसँग जोडिएका नाकामा नेपालको पूर्वाधारको अवस्था सुधार गर्नु पर्ने सांसदले माग राखेका छन् ।

सम्झौताले चीन हुँदै तेस्रो मुलुकको सिधा अवतजावत गर्न सक्ने भएपनि ५ वटा नाकाको पूर्वाधारको अवस्था नाजुक रहेको सांसद योगेश भट्टराईले बताए।

‘सम्झौताले दुई देशको सम्बन्ध उचाईमा पुर्‍याएको छ,’संसदमा विशेष समय लिएर बोल्दै उनले भने,‘तर, नेपालतर्फको नाकामा यातायातको पूर्वाधार सन्तुष्टि हुने ठाउँ छैन। यसको व्यवस्थापन गर्नु जरुरी छ।’ ६ नाका मध्ये ताप्लेजुङको ओलाङचुङगोला पुरानो नाका भएकोले व्यवस्थित गर्नुपर्ने उनले बताए।

कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको डीपीआर माथि नै प्रश्न उठाएका छन्। ‘अन्तर्राष्ट्रिय हवाई अड्डा बनाउन लागेको चर्चा छ, के यसको डीपीआर तयार भयोरु, ’ उनले भने,‘केबल आफ्नो राज्य चलेको बेलामा फटाफट ठेक्का दिदै जाने, ब्रम्हलुट गर्दै जाने हो भने बाम एकताको विशेषता हुनेछ।’

विमानस्थल बनाउन रुख कटान गर्नु ठिक नभएको उनले बताए। ‘सात लाख रुख बिरुवाको कटान गर्नुपर्ने प्रस्ताव सुन्न आएको छ। वनमन्त्रीले यसको जानकारी सदनलाई जानकारी गराउनु हुन अनुरोध गर्दछु,’उनले भने,‘रुख काट्ने कुरा सुन्दा २०३६ को जनमत संग्रहमा चुनाव जित्न र निरकुंश निर्दलीय व्यवस्था टिकाउन धेरै जंगल मासेको याद आयो।’ उनले उपराष्ट्रपति कार्यालय समाजकल्याण परिषद्को भवनमा राख्न लागेको सरकारको निर्णयको पनि विरोध गरे।

राजपाकी सांसद चन्दा चौधरीले गण्डकी प्रदेशका मुख्यमुन्त्री पृथ्वी सुब्बा गुरुङको राजिनामा माग गरिन्। गुरुङले पोखरामा लाइसेन्स दिएर रेड लाइट एरिया खोल्नु पर्ने बताएका थिए।

गुरुङको अभिव्यक्तिले सम्पूर्ण नारीको अपमान भएकोले राजिनामा दिनु पर्ने चौधरीले बताइन्। मुलुकमा महिला माथि हिंसा र बलात्कारको घटना भइरहेको बेला मुख्यमन्त्री गुरुङले महिलाको अपमान गरेको उनले बताईन। ‘मुख्यमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ,’ चौधरीले भनिन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.