नेपाल-भारत द्विपक्षीय परामर्श समूहको १४औं बैठक

रिपोर्ट नेपाल | 2021 Oct 26 | 05:34 pm 2085

काठमाडाैं, कात्तिक ९ः नेपाल सरकार तथा भारत सरकारबीच सुरक्षा सम्बन्धी विषयमा नियमित रुपमा छलफल गर्ने उद्देश्यका साथ नेपाल-भारत द्विपक्षीय परामर्श समूह (NIBCGSI) सन् २००३ मा गठन भएको थियो । यस समूहको सन् २००३ देखि सन् २०१८ सम्म गरी १३ वटा बैठक सम्पन्न भएकाे छ ।

यसै परामर्श समूहको १४ औं बैठक मिति २०७६ चैत्र महिनामा भारतको नयाँ दिल्लीमा आयोजना गर्ने योजना भएकोमा कोभिड-१९ महामारीको कारण उक्त बैठक स्थगित भएको थियो ।

उक्त बैठक यहि मिति २०७८ कात्तिक ११ र १२ गते (तदानुसार Oct 28-29, 2021) भारतको बेंगलुरु (Bengaluru) मा संचालन हुने भएकोले नेपालबाट परराष्ट्र मन्त्रालयका सह-सचिवको नेतृत्वमा रक्षा मन्त्रालयको प्रतिनिधि तथा नेपाली सेनाका सदस्यहरु सहितको टोली भोली भारत तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

भारतको तर्फबाट पनि Ministry of External Affairs (MEA) को सह-सचिवको नेतृत्वमा रहेको टोलीले भाग लिने उक्त छलफलमा तालिम र क्षमता अभिबृद्धि (Training and Capability Buildings) सम्बन्धि सहयोगका विविध पक्षमा छलफल हुने कार्यसूचि रहेको जानकारी गराएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.