नेपाल कतारसँग ४ विकेटले पराजित

रिपोर्ट नेपाल | 2019 Jul 23 | 04:36 pm 1894

काठमाडौँ, असार ७ :  विश्व ट्वान्टी–२० को एसिया छनोटमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको छ । मंगलबार भएको खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपाल सस्तोमै समेटिएपछि कतारले सहज जित हात पारेको हो ।

नेपालका लागि ओपनिङ गरेका पारस खड्का र ज्ञानेन्द्र मल्लले राम्रो सुरुवात गरेपनि विकेटमा धेरै बेर टिक्न नसेपछि नेपालको ब्याटिङ लाइनअप कतार सामु निरिह सावित भएको हो। दीपेन्द्र ऐरीले नेपाली पारीलाई केही सम्हाल्न खोजेका थिए। तर उनी पनि ३५ बलमा ३४ रन जोडेर पेभिलियन फर्किएपछि नेपालले जम्मा १२२ रन मात्रै जोड्न सकेको थियो।

१२३ रनको लक्ष्य पछ्याउँदै मैदानमा आएका कतारको ओपनिङ पनि खासै जम्न भने सकेको थिएन। १३ रनमै पहिलो विकेटको झट्का लागेको कतारका लागि ओपनर इनाम उल हकले ३२ बलको सामना गरेर बनाएको महत्वपूर्ण ४१ रन वरदान सावित भयो।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिन सफल भएका थिए। अन्तिम ओभरसम्म लम्बिएको खेलमा नेपालले केही आशा गरेपनि त्यसलाई कतारका मध्यक्रमका ब्याट्स्म्यानले निस्तेज पारिदिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.