नेपाल एपिएफ रंगशालामा चित्रकला प्रतियोगिता सम्पन्न

| 2023 Dec 08 | 05:14 pm 1425

काठमाडौँ, मंसिर २२ – लैंगिक  हिंसा बिरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अवसर पारेर यूएनडिपी नेपालको सहकार्यमा सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपिएफ रंगशालामा मंसिर २२ गते खुल्ला चित्रकला प्रतियोगिता संचालन गरेको छ । ९२ जना सहभागी रहेको प्रतियोगितामा उत्कृष्ट भएका १० जनालाई प्रमुख अतिथी यूएनडिपीकी मिसआइशानी मेदागाङ्गोडा लाबे र सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रतियोगतिामा विभिन्न बिद्यालयका छात्रछात्राहरुको उपस्थिती हुनुकोसाथै प्रतियोगिहरुले लैंगिक समानता, समता र महिला सशक्तिकरण सम्बन्धी चित्र मार्फत आफ्नो कला प्रस्तुत गरेका थिए । निरन्तर रुपमा विभिन्न समाजसेवाका कार्यहरु गर्दै आईरहेको सशस्त्र प्रहरी परिवार महिला संघले लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालवालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नारालाई अघिसार्दै प्रतियोगितको आयोजना गरेको हो । प्रतियोगितामा नेपालस्थित भारतीय, श्रीलंकन र साउथ कोरियन एम्बेसिका प्रतिनिधीहरु लगायत संघका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.