नेपाल आइडलको भोटिङमा चलखेल, रविलार्इ गरेको भोट अमितलार्इ कसरी गयाे ?

रिपोर्ट नेपाल | 2018 Dec 07 | 05:08 pm 2262

काठमाडौं, मंसिर २१ : नेपाल आइडलको भोटिङमा ठूलो चलखेल गरिएको खुलासा भएको छ। बिहीबारको प्रस्तुतीपछि भोटिङ सुरु भएपनि शुक्रबार बिहानका भोटिङमा ठूलो चलखेल भएको खुलासा भएको हो।

नेपाल आइडलका कन्टेस्टेन्ट नम्बर १० का रवि अाेडलार्इ अमित बराललार्इ गएको नोटिफिकसन आएपछि भोटिङमा चलखेल भएको खुलेको हो। शुक्रबार राति १० नम्बरमा एसएमएस तथा रेस्पेक्ट एन्ड राइज एपबाट भोट गर्दा रविलार्इ नै भोट गएको नोटिफिकसन आएपनि शुक्रबारको बिहानैदेखिको भोटिङमा अमितलार्इ नोटिफिकसन आएको हो। अमितको भोटिङ कोड ०१ हो।

/assets/plugins/bower_components/fileman/Uploads/post_images/December/Ravi_Oad_1.jpg

रवि यसअघि सबै एपिसडमा एक नम्बरमा थिए भने अमित बराल पटक-पटक डेन्जर जोनमा परेका प्रतिस्पर्धी हुन्। रविको मौलिकता र लोक लयमा अब्बल देखिपछि आम दर्शकको पहिलो रोजाइमा छन्।

बिहीबार प्रस्तुतीमा रविले लिरिक्स बिगारेका थिए। तर, उनले त्यसलार्इ सहजै ट्रयाकमा ल्याएका थिए। यसै विषयलार्इ त्रुटि देखाएर रविलार्इ आउट गर्ने षड्यन्त्र भइरहेको भन्दै उनका समर्थकहरूले सामाजिक सञ्‍जालमा व्यापक आलोचना गरेका छन्। बिहीबार रविले लिरिक्स बिगारेसँगै उनलार्इ जोगाउन समर्थकहरूले बृहत् भोटिङ अभियान नै सञ्‍चालन गरेका छन्। स्रोतका अनुसार उनले यस साता पनि अत्यधिक भोट पाएका छन्।

No automatic alt text available.

यस विषयमा कुरा गर्दा नेपाल आइडका निर्देशक सुरेश पौडेलले प्राविधिक गडबडी भएको स्वीकार गरे। तर उनले यस विषयमा कसरी र किन भयो भन्ने कुरा खुलाउन चाहेनन्। उनले भने, ‘प्राविधिक त्रुटिका कारण यस्तो समस्या आएको हो। यस विषयमा अन्य कुरा गर्न चाहान्न। अहिले इटिङमा छु। पछि कुरा गरौँला।

अन्तिम पाँच जनाबीच निकै ठूलो प्रतिस्पर्धा भइरहेको बेला यस्तो गम्भीर त्रुटिका विषयमा आधिकारिक धारणा बाहिर ल्याएको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.