नेकपाले गर्नेभयो सातैवटै स्थानीय तहमा कार्यकर्ता भेला

| 2019 Feb 05 | 07:45 am 3587

जाजरकोट, माघ २२ : जाजरकोटमा रहेको सातै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अगुवा कार्यकर्ताको भेला गर्ने भएको छ ।

नेकपा एमाले र नेकपा माओवादी पार्टी बीच एकता भएको लामो समयसम्म गाउँमुखी बन्न नसकेको भन्दै पार्टीकै नेता कार्यकर्ताले गुनासो गरेपछि पहिलो पटक पार्टीको गाउँस्तरीय पालिका भेला गर्ने भएको छ । कार्यदलका संयोजक भैरवसुन्दर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सातै स्थानीय तहमा पार्टीको विशेष अभियानात्मक कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

गाउँ–गाउँमा पार्टी एकताको सन्देश पुर्याउन, अगुवा कार्यकर्तालाई पार्टी एकता, वर्तमान सरकारले जनताको पक्षमा गरेका कामको जानकारी दिन र संगठन सुदृढीकरण तथा निर्माण अभियानका बारेमा प्रशिक्षण दिने उद्देश्यले भेला आयोजना गरिएको संयोजक श्रेष्ठले बताए ।

बुधबार हुने पालिकास्तरीय भेलालाई सम्बोधन गर्न केन्द्रीय स्तरका नेतालाई जिम्मेवारी दिइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार भेरी नगरपालिकाको भेलाका लागि नेकपा कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्मा, छेडागाड नगरपालिकामा केन्द्रीय सदस्य भैरवसुन्दर श्रेष्ठ, जुनीचाँदे गाउँपालिका र शिवालय गाउँपालिकामा केन्द्रीय सदस्य कालीबहादुर मल्ल, नलगाड नगरपालिकामा नेता गोविन्दविक्रम शाह, वारेकोट गाउँपालिकामा केन्द्रीय सदस्य रामदीप आचार्य र कुसे गाउँपालिकामा केन्द्रीय सदस्य नीरज आचार्यलाई समन्वय, सहजीकरण र प्रशिक्षण गर्नका लागि तोएिको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.