नेकपाको स्थायी समिति बैठक फेरि अनिश्‍चित

| 2018 Oct 29 | 08:13 am 1644

काठमाडौं, कार्तिक १२ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक अनिश्‍चित बनेको छ।

सोमबारका लागि तय भएको बैठक बस्‍ने कुनै सम्भावना छैन भने नयाँ मिति समेत सार्वजनिक गरिएको छैन।

यसअघि ७ कार्तिकमा बसेको सचिवालय बैठकका स्थायी समितिका एजेन्डा तय गर्ने भनिएपनि यस विषयमा कुनै छलफल भएको थिएन। स्थायी समितिको बैठकका लागि आवश्यक गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरिएको एक नेताले बताए। स्थायी समितिको बैठक स्थगति भएको यो लगातार चौंथो पटक हो।

बैठकमा पार्टीका तल्ला तथा जनवर्गीय संगठनको एकीकरण, नेताहरुको कार्य विभाजन, सरकारको कामको समीक्षालगायतका विषयमा छलफल गर्ने कार्यक्रम थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण पनि बैठक बस्‍न नसकेको बताईएको छ। स्थायी समितिको बैठकको तिथि सचिवालयले पछि तोक्ने स्रोतले बतायो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.