काठमाडौं, असार ७: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निष्कर्ष टुगिंएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जिम्मेवारी बाँडफाँटमा सहमति जुटाउन भन्दै शनिबार बाेलाइएकाे बैठक बिना निष्कर्ष टुगिंएको हो ।
बैठकमा राजनीति प्रतिवेदन पेश भएपनि त्यसमा भएका विवादित विषयमा सहमति जुटाउन नसकेपछि अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सहमति खोज्ने जिम्मेवारी दिइएको बुझिएकाे छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि पहिलो पटक बसेको सचिवालय बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन र समसामयिक विषयबारे पनि छलफल भएको थियो ।
बैठकले सरकारको काम प्रभावकारी रहेको र अझै प्रभावकारी बनाउने बारेमासमेत छलफल भएको नेताहरुले जानकारी दिएका छन् ।