नेकपाको नियमावली पारित

रिपोर्ट नेपाल | 2018 Jul 11 | 12:25 pm 1659

काठमाडौं, असार २७: नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले पार्टीको नियमावली पारित गरेको छ। नियमावली पारित भएसँगै पार्टी सञ्चालनका लागि सहज हुने नेताहरुले जनाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बुधबार बिहान बसेको नेकपाको सचिवालय बैठकले नियमावली पारित गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए ।

बैठकपछि पत्रकारहरुसँग उनले भने, ‘विधानको अभिन्न अंगको रुपमा रहेको नियमावलीलाई अन्तिम रुप दिने काम भयो । अब छिट्टै प्रकाशनमा जाने छ ।’

अब अर्को बैठक बसेर विधान र नियमावली अनुसार सबै पार्टी कमिटीहरुको र जनवर्गीय संगठनहरुको सांगठनिक एकीकरणको आवधिक कार्ययोजना बनाइने श्रेष्ठले जानकारी पनि दिए । पार्टीका कमिटी र जनवर्गीय संगठनहरुको एकताको गृहकार्य गर्न कार्यदलस्तरमा छलफल हुँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.