पोखरा, १९ असार : प्रदेश ४ को प्रदेशसभा बैठक स्थागित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रदेशकोनामकारण्को विवदा हुदाँ स्थागित भएको हो ।
प्रदेशसभाको बैठक बस्नु अघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपाका सांसदहरुबीच नै प्रदेशको नामाकंरणको विषयलाई मतभेद भएपछि उपसभामुख सृजना शर्माले सूचना टाँस गरेर बैठक स्थगित भएको जानकारी दिएकी हुन् ।
सोमबारको बैठकले पर्यटकीय शहर पोखरा प्रदेश ४ को स्थायी राजधानी तोकेको थियो । सत्ता र प्रतिपक्षदलको समर्थनमा प्रदेशसभाको सोमबारको बैठकमा सहभागी सबै ५२ सांसदको समर्थनमा राजधानी तोकिएको हो ।