नेकपाका नेता एवं पूर्व राज्यमन्त्री मुस्ताक आलमको मृत्यु

| 2018 Jul 14 | 05:42 am 2005

काठमाडौँ , असार ३० : नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वराज्यमन्त्री मो. मुस्ताक आलमको मुत्यु भएको छ । बाँसवारीमा रहेको गंगालाल हृदयरोग केन्द्रमा उपचारको क्रममा शुक्रबार साँझ ६ बजे निधन भएको हो ।

उनी २०७० सालको संविधान सभा निर्वाचनमा रौतहटबाट निर्वाचित भई स्वास्थ्य राज्यमन्त्री बनेका थिए। प्रधानमन्त्ती ओलीले एक शोक वक्तव्य जारी गर्दै आलमको निधनबाट पार्टीले मुस्लिम समुदायबाट उदाएको एउटा असल नेता गुमाउनु परेको बताएका छन्।

अन्तिम श्रद्धान्जलीका लागि आलमको पार्थिव शरिरलाई भोलि असार आज बिहान ८ देखि १० बजेसम्म पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा राखिने विज्ञप्तिमा जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.