रुकुम, वैशाख ३१: सरकारद्वारा प्रतिन्धीत नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका रुकुम (पूर्व)का जिल्ला इन्चार्ज कर्णबहादुर नकाल (शिशिर) लाई प्रहरीले पक्राउ गरेको छ। नकाललाई रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–३ मुलपानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।
सरकारले प्रतिबन्ध लगाएपछि नेकपाका कार्यकर्ताहरु केहि समयदेखि उक्त ठाउँमा लुकुछिपि रहेको गोप्य सूचनाको आधारमा खोजतलास गर्दा जिल्ला इन्चार्ज नकाललाई फेला पारी पक्राउ गरिएको खड्काले बताए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष सुरक्षा टोलीले उनलाई मंगलबार पक्राउ गरेको प्रहरीको जनाए।